एजेन्सी । अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताएका छन् ।

हनफीले बुधबार काबुलमा एक सभामा भने, ‘अन्तरराष्ट्रिय मद्दत गरिबी, भोक र आर्थिक संकटसँग जुध्नका लागि स्थायी समाधान होइन । हाम्रो मान्यता यो छ कि सरकार र अन्तर्राष्ट्रिय समुदायले आर्थिक गतिविधिलाई तीब्रता दिनुपर्छ ।’ उनले सहायता वितरणमा पारदर्शिता हुनुपर्ने पनि बताएका छन् ।
संयुक्त राष्ट्र महासचिवका उप विशेष प्रतिनिधि र अफगानिस्तानको मानवीय समन्वयकर्ता रमिज एलेकबरोवले संस्थाले सन् २०२२ मा लगभग एक करोड एक लाख अफगानी जनतालाई मानवीय सहायत प्रदान गरिएको जानकारी दिए । यस्तै, अफगानिस्तानको अर्थ मन्त्रालयले देशका जनतालाई मद्दत गर्नका लागि तीन समिति गठन गरेको छ ।

फरकबाटो २९ पुष २०७८, बिहीबार १०:४४