इन्टरलाई सुपर कपको उपाधि

काठमाडौं । इन्टर मिलानले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो । रोमान्चक खेलको २५ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३५ औं मिनेटमा लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको अतिरिक्त समय १ सय २१ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई २(१ को जित दिलाए।

यससँगै इन्टरले छैटौं पटक सुपर कपको उपाधि जितेको छ। इन्टरले २०१० पछि पहिलो पटक सुपर कप जितेको हो ।