काठमाण्डौ । निर्वाचन आयोगले पर्सि शुक्रवार २९ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । माघ १२ गते राष्ट्रिय सभा चुनावसँगै पालिका र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयोगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । आयोगका पदाधिकारीले गएको ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका भए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । विं।सं। २०७४ सालको वैशाख र असारमा पालिकाको चुनाव भएको थियो ।

फरकबाटो २८ पुष २०७८, बुधबार १७:५२