काठमाडौं । प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल ‘स्पोन’ को आयोजनामा प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म हुनेछ ।

सातदोबाटोस्थित खेलकुद परिसरको करातेहलमा आयोजना हुने प्रतियोगितामा १२ देखि १४ वर्ष मुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ब्वाइजतर्फ १० वटा र गर्ल्सतर्फ ८ वटा तौल समूहमा गरी जम्मा १८ वटा स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक विजेतालाई नगद पुरस्कार प्रदान गरिने तथा रकम पछि निर्धारण गरिने संघले जनाएको छ । प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्नका लागि प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा विभिन्न उप समितिहरु गठन गरिएका संघले जनाएको छ ।

फरकबाटो २३ पुष २०७८, शुक्रबार १३:१३