
सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर ८, सुर्खेतको अध्यक्षमा चन्द्रलाल आचार्य पुनः निर्वाचित भएका छन् ।
वीरेन्द्रनगरमा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समितिलाई निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै उपाध्यक्ष प्रेमप्रसाद चालिसे, सचिव राधाकुमारी ढकाल र कोषाध्यक्ष ताराकेशर पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा चित्रा वली, खगिकुमारी वास्तोला, हिरा बुढा मगर, डिले वली, काँशीमाया राना, प्रमिला खत्री वि.सी. र यामकुमारी हमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै लेखा समितिमा पनि हेमलाल पन्त संयोजक तथा हरिमाया पुलामी र तिलक खनाल सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

फरकबाटो १९ पुष २०७८, सोमबार २१:०२