शिक्षक सेवा आयोगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारी

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारी गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारीमा सरकार रहेको बताएका हुन् ।

आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुला गर्ने तयारीमा रहेको बताए । ।

उनले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पूरा गर्ने गरी विज्ञापन खुला गरिने बताए । उनले शिक्षक सेवा नियमावली मन्त्रिपरिषदबाठ पारित भइसकेको जानकारी दिए ।