
सुर्खेत । सुर्खेतमा पुस १३ गतेदेखि सन्चालन गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई लागाइने फाइजर खोपको कार्यतालिका केही दिनका लागि स्थगित भएको हो ।
खोप अभियान केहि दिनका लागि स्थगित गरिएको सुचना स्वास्थ्य सेवा विभागबाट जानकारी आएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । अभियानको मिति तय भए पछि पुनः सुचना गरिने उनले जानकारी दिए । तर स्वास्थ्यकर्मीहरूको तालिम पूर्व सूचना अनुसार नै हुनेछ ।
सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । बाँकी जिल्लामा भने बालबालिकाका लागि मोडर्ना खोप अभियान सञ्चालन भएको छ । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई ढुक्कसँग खोप लगाउन पनि सरकारले आग्रह गरेको छ ।
खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्कसँग लगाउन विज्ञहरुले पनि आग्रह गर्दै आएका छन् । सरकारले बालबालिकालाई सजिलोको लागि विद्यालयबाटै खोप दिन थालेको छ । खोपको लागि आफ्नो विद्यालय या वडामा सम्पर्क गर्न पनि सरकारले आग्रह गरेको छ ।

गीता थापा ५ पुष २०७८, सोमबार ०८:३४