पुसभित्र ३० प्रतिशत विकास बजेट खर्च गरिसक्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । पुँजीगत (विकास) खर्च निरासाजनक बन्दै गएपछि अर्थ मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग ताकेता शुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर पूँजीगत खर्च बढाउन ताकेता गरेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरे ।

चालु आर्थिक वर्ष ०७८÷७९ को पहिलो महिनाबाटै खस्किएको विकास खर्च पाँचौं महिना (साउन–मंसिर)सम्म आइपुग्दा पनि सुधार हुन सकेको छैन।

महालेखा परीक्षकको कार्यालयका अनुसार मंसिर मसान्त (बुधबार)सम्म विकास खर्च लक्ष्यको ६.४६ प्रतिशत मात्र हुन सकेको छ ।