गजल

सीता यरी, कर्णाली प्रदेश, सुर्खेत ।

भोक र प्यास मेटाउन यादहरू को चाप पठाएको हो
थाह छैन दिलभित्र त पहिले खै कसले सजाएको हो ।

एकतर्फी नजरले पूरै अनुहार पढिरह्यो म निहुरीरहेँ
मैले शीर उठाएँ नजर जुध्यो बल्ल ऊ लजाएको हो ।

घर देखायौँ गाडी देखायौ तिम्रो इमान पनि देखियो
धन छैन मसँग इज्जत त जीवनभर कमाएको हो ।

कोही आयो सजिलै टाढियो तर मन बुझाउनै सकिनँ
जीवनको यात्रामै भेटिएको हो यात्रामै हराएको हो ।

हिंसा, अमानवीय व्यवहार र भ्रष्टाचार बढ्दै गएको छ
स्कुलमा त सानैदेखि नैतिक र सामाजिक पढाएको हो ।