गजल

जगत अधिकारी, अछाम

मान्छेलाइ अग्लो बनाउने त मान्छेको आफ्नै मेहनत हो
तर मलाइ जहिले खसालि रहने यहि निधारको खत हो ।

तिमिलाइ मनमा सेभ गरेर तक्दिरमा प्रीन्ट गर्न चाहन्थे
मुटु बाटै डिलिट भयछौ प्रिया अभागी मेरो किस्मत हो ।

मलाइ पछाडि सरेको देखेर खुसी भयछन् दुश्मन हरु
एक कदम पछि सरेर आक्रमण गर्ने त सेरको आदत हो ।

प्रेमिकालाई किड्नी दिन सक्छ, आमालाइ रगत दिदैन
हुनत छोरामाथि आमाकै अधिकार हो आमाकै रगत हो ।