काठमाडौं । शेयर बजार लगानीकर्ताका संघहरुको छाता समूह ‘पुँजी बजार सृदृढिकरण बृहत कार्यदल’ ले अत्यावश्यक नपरी शेयर बिक्री नगर्न सबै लगानीकर्ताहरुमा आग्रह गरेको छ । छोटो समयमा नै १२ खर्ब सम्पत्ति गुमिसकेको भन्दै सोमबार कार्यदलका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्रेस विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।
अर्थमन्त्रालयले तीन वर्ष अघि नै गर्छु भनेका कामहरु समेत नगरेको भन्दै ती सबै कामहरु यथाशिघ्र पुरा गर्न अनुरोध समेत गरिएको छ । तीन वर्ष अघि बजार सुधारका लागि भन्दै सरकारले अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा पुँजी बजार अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले ५८ बुँदे सुझाव दिए पनि अधिकांश सुझावहरु अझै कार्यान्वयन नभएको लगानीकर्ताहरुको भनाइ छ ।
साभार : अनलाइनखबर
फरकबाटो २७ मंसिर २०७८, सोमबार १३:४३