मानव अधिकार रक्षक सञ्जालमा बि.सी

सुर्खेत । मानव अधिकार रक्षक सञ्जाल सुर्खेतको संयोजकमा शर्मिला बि.सी चयन भएकी छन् । भैरव युवा सशक्तिकरण केन्द्रकी सदस्य रहेकी बि.सीले संस्थागत प्रतिनिधित्व गरेकी हुन् । ११ सदस्यीय सञ्जालमा जिल्ला बार एसोसियसन सह संयोजकको रुपमा रहेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत, गैरसरकारी संस्था महासंघ सुर्खेत, सञ्चारीका समुह, सुर्खेत अपाङग समाज, एकल महिला समुह सुर्खेत, आशा सञ्जाल लगाएतका संस्थाहरु सदस्यमा रहेका छन् ।

मानव अधिकार रक्षकहरुको अधिकार संरक्षणका लागि निर्माण गरिएको कानुनको मस्यौदा २०७८ मा समेत कार्यक्रममा छलफल गरिएको थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेशले आयोजना गरेको मस्यौदा छलफल तथा सञ्जाल गठन कार्यक्रममा कर्णाली प्रदेश सरकारले मानव अधिकार परिषद् समेत गठन गर्नुपर्ने धारणा राखेका थिए ।

कर्णाली प्रदेशमा मानव अधिकार उलघंनका घटना दिनप्रतिदिन बढ्दै गएकोले मानव अधिकार रक्षकहरुलाई परिचय पत्रसहित सक्रिय रुपमा काम गर्ने वातावरण समेत मिलाउन कार्यक्रमका सहभागीहरुले आग्रह गरेका छन् ।

मानव अधिकार रक्षकहरुको अधिकार संरक्षणका लागि निर्माण गरिएको कानुनको मस्यौदा २०७८ लाई इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले प्रस्तुत गरेका थिए ।