सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्यो


सुर्खेत । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।