ट्रिनिडाड एण्ड टोवागो देशमा अलपत्र परेका तीन नेपाली महिलाको उद्धार

सुर्खेत । अमेरिकास्थित नेपाली दूतावासले ट्रिनिडाड एण्ड टोवागो देशमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ तामाङ, तीर्था लामा वाइवा र याङ्गेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको डिसीस्थित दूतावासले जनाएको छ ।
उनीहरु बिहीबार र शनिबार काठमाडौं पुग्ने दूतावासले जानकारी दिएको छ । दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरुले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्द गरेका थिए । त्यसले उनीहरुको अध्यागमनमा कठिनाइ उत्पन्न भएको थियो ।

ट्रिनिडाड एण्ड टोवागो सरकार र त्यहाँ रहेका नेपालीले उनीहरुलाई उद्धारमा सहयोग गरेका थिए । अमेरिकास्थित नेपाली दूतावासले पर्यटक भिसामा क्यारेबियन देशमा यात्रा गर्दा उनीहरुले भिसा आवेदनका साथ फारम भर्दा अपनाएको पर्यटक भिसा र अन्य भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्नसमेत अपिल गरेको छ ।