चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको मृत्यु


सुर्खेत । चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको मृत्यु भएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । चार जना भाग्न सफल भएका छन् ।

भग्नावशेषबाट १५ जनालाई निकालिएकोमा चार जना घाइते छन् । हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको व्यायामशालाका प्रमुखलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।