पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न अन्य दललाई अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न अन्य दललाई आग्रह गरेको छन् ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित सपथग्रहण समारोहमा उनले नेपाली कांग्रेस र एमालेलाई पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न आग्रह गरेका हुन् ।

‘किन राजनीतिक दलहरु बारम्बार फुटिराख्छन् ? त्यसको खोजी गर्दा राजनीतिक पार्टीको विधान र देशको संविधानमा समेत नेतृत्व हस्तान्तरणको व्यवस्था छैन । त्यसैले स्वभाविकले पनि टिकिराख्न वा नेतृत्वमा बसिराख्न मन लाग्छ,’ उनले भने ।