सुनचाँदीको भाउ घट्यो


सुर्खेत । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ।

सुनको भाउ आज तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको आज तोलामा १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदीको भाउ तोलामा १ हजार ४ सय १५ रुपैयाँ थियो ।