महिला दिवसको अवसरमा गितमार्फत पोखे गुराँसका महिलाहरुले पिडा


दैलेख । “समाजको घेराभित्र खेलौना झैँ हुन्छिन्, बालविवाह र बलात्कारको शिकार बनी रुन्छिन् ” कती नारी बेचिराछन् दलालको भरमा, पुरुषहरु बाँचिराछन् त्यहि नारीको भरमा, यो गितको शब्द थियो गुराँस गाउँपालिका वडा नं ४ की सुनिता सोनीको । “लैगिक समानताको बलियो आधार ः सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नारा सहित गुराँस गाउँपालिकाकाले आयोजना गरेको एकल गाएन÷वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा उनले यसरी नै महिलाहरुको पिडालाई गितमार्फत् व्यक्त गरिन् ।

उनी जस्तै धेरै महिला तथा बालिकाहरुले गित मार्फत् महिलाहरुको पिडा र अधिकारका बारेमा बोले ।

यता वक्तृत्वकला प्रतियोगितामा समेत सहभागी बालिकाहरुले खुलेरै महिला अधिकार र महिलाले भोग्नुपरेका पिडाहरुलाई व्यक्त गरे । प्रतियोगितामा सहभागी जेनिसा मल्लले महिलाहरु आजपनि समाजको घेरामा बस्न बाध्य भएको बताईन् । उनले विश्वभर मनाईने अन्तर्राष्ट्रिय महिला दिवस मनाउन समेत महिलाहरुले नेपालमा नपाएको गुनासो गरिन् । आजपनि पुरषबादी सोच हाबी भएकै कारण महिलाहरु घरमै पीडा लुकाएर बस्न बाध्य भएको बताईन् । उनी जस्तै प्रतियोगितामा सहभागी बालिकाहरुले खुलेरै पिडा पोखे ।

नारिमुक्ति आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले महिला कामदारमाथि भएको श्रमशोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको छ ।

सोही अवसरमा गुराँस गाउँपालिकाले समेत कार्यक्रमको आयोजना गरेको हो । सोही कार्यक्रममा महिला अधिकारका कुरा गर्न र अधिकारबारे बोल्न उत्प्रेरित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका उपाअध्यक्ष शिवाकुमारी खड्काले जानकारी दिइन् ।

उनका अनुसार महिलाहरुले हरेक दिन अधिकारका बारेमा बोल्नुपर्ने भएपनि त्यसो गर्न नसक्दा एकदिन भएपनि दिवसका अवसरमा महिलाहरुले आफ्ना अधिकारबारे बोल्नुपर्ने र जान्नुपर्ने तर्क गरिन् ।

उनले थपिन्, उच्च शिक्षा अध्ययन गर्न चाहने महिलाहरुकोलागि पालिकामा शैक्षिक कोषको व्यवस्था गरिएको छ । त्यस्ता महिलाहरुले आफ्नो शिक्षालाई निरन्तरता दिनको लागी उक्त सुविधा प्राप्त गर्न सक्छन् । त्यसैगरी पालिकामा लैगिक कोषको व्यवस्था गरिएको हुनाले हिसाँमा परेका महिलाहरुले उक्त कोषबाट सहयोग प्राप्त गर्न सक्छन् । महिलाहरुको क्षमता विकासका लागि पालिकाले बजेट विनियोजन गरेको उपाअध्यक्ष खड्काको भनाई थियो ।

अहिले गाउँमा महिला सञ्जालहरु सक्रिय नभएका कारण महिलाका हक अधिकारका सवालहरु गाउँ गाउँ सम्म पु¥याउन कठिनाई भएको बताईन् । गुराँस गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सोसेक नेपाल, सञ्चारिका समुह कर्णाली प्रदेश, महिला सशक्तिकरण मञ्च तथा गुराँस ४ तालपोखरीले समन्वय गरेका थिए ।