साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै


सुर्खेत । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित नेपालले आज दोस्रो खेल भुटानसँग खेल्न लागेको हो।

नेपाल र भुटानको खेल बंगलादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजे सुरु हुनेछ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग ८–१ गोलले पराजित भएको थियो । यो प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र रुस सहभागी छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।