सुर्खेत । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा मृत्यु भएको छ । उनका नजिकैको सहयोगी अशोक पण्डितले निधनको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ ।
उनको हृदयघातका कारण निधन भएको आफन्तलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कारमा यात्रा गरिरहेका बेला उनलाई हृदयघात भएको थियो ।
उनलाई अस्पताल पुर्याए पनि बचाउन नसकिएको आफन्तले बताएका छन् । सन् १९५६ अप्रिल १३ तारिखमा हरियाणामा जन्मेका कौशिकले अभिनयसँगै, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माण समेत गर्थै । । उनले साजन चले ससुराल, जाने भी दो यारो र मिस्टर इण्डिया लगायत भारतीय चलचित्रमा अभिनय गरेका छन् ।
फरकबाटो २५ फाल्गुन २०७९, बिहीबार १०:५३