ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित सुर्खेतमा एकजना पक्राउ


सुर्खेत । ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित सुर्खेतमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर २ का २१ वर्षीय अशोक बुढालाई वीरेन्द्रनगर ३ बाट पक्राउ गरिएको हो ।

शंकास्पद रुपमा हिँडिरहेका उनलाई चेकजाँच गर्दा ९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेलापारेपछि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।