
सुर्खेत । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्न आह्वान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा भएको कार्यक्रममा उनले मिथ्या सूचना रोक्नका लागि सुरक्षात्मक सीमा अर्थात् ‘गार्डरेल’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । अहिले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट घृणायुक्त भाषण, चरम विचारधारा र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको उनको भनाइ छ ।
महासचिव गुटेरेसले जुनसुकै किसिमको गलत सूचना र विचारको फैलावट रोक्न सबैसँग आह्वान गरेका हुन् । अहिले मानिसहरुमा आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको र यो असहज अवस्थामा घृणा र झुुट विवरणका विषाक्त फोहर डम्प गरिरहेका प्लेटफर्म नियमन आवश्यक बनिसकेको उनको भनाई छ ।

फरकबाटो १५ माघ २०७९, आईतवार १४:०७