
सुर्खेत । मंगलबारको सेयर बजार मापक नेप्से २१.३५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१९०.४२ विन्दुमा पुगेको छ ।
आज बजार घटे पनि कारोबार रकम भने उच्च रहेको छ । आज २५४ कम्पनीको २० करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.६० प्रतिशत र म्युचुअल समूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ४.३१ प्रतिशतले घटेको छ । यस्तै, दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ३.४१ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी न्याग्दी ग्रुप पावरको सबैभन्दा बढी २१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बाराही हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर २८.४० रुपैयाँले बढेर सर्किट लागेको हो ।

फरकबाटो २६ पुष २०७९, मंगलवार २०:४२