कर्णालीमा सभामुख र उपसभामुखको चुनाव माघ १ मा हुँदै


सुर्खेत । कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको चुनाव माघ १ गते हुने भएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे चुनावको मिति तोकेका हुन् ।

आज सोमवार बसेको प्रदेश सभाको बैठकमा शाहले कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको चुनाव गर्ने सूचना प्रकाशन गर्न प्रदेश सचिवालयलाई भनेका हुन् ।