सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


सुर्खेत । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका.५ का २८ वर्षीय साङ्गे शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुदूधकुण्ड नगरपालिका.७ गार्माकी ६ वर्षीया बालिकालाई हिजो बिहीवार करणी गरेको अरोपमा शेर्पालाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए । बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।