निर्वाचनमा एमालेले एकल बहुमत ल्याउछ : ओली

 

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने बताएका छन् । उनले अब अब एमाले निर्वाचनको तयारीमा जुट्ने बताए ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’

एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।