सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ ढंगले कम्युनिष्ट आन्दोलन अघि बढाउने बताएका छन् ।
कर्णाली प्रदेश कमिटीको शपथ ग्रहण तथा प्रथम बैठकलाई सम्बोधन गर्न सुर्खेत आइपुगेका नेपालले पत्रकारहरूसँग कुरा गर्दै समाजवादी पार्टी नयाँ ढंगले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनतर्फ लागेको बताएका हुन् ।
समाजवादीले गरेको राजनीतिक विद्रोहसँगै कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने जिम्मेवारी आफुहरुले पाएको उनको भनाई छ । उनले पुराना विकृति, विसंगतिलाई हटाएर नयाँ ढंगले आफ्नो पार्टी अघि बढ्ने बताए ।
आफूहरूको राजनीतिक क्रान्तिको उद्देश्य पूरा भए पनि सामाजिक, आर्थिक क्रान्ति पूरा नभएको भन्दै जनताको हित र कल्याणमा आफ्नो पार्टीले काम गर्ने उनले उल्लेख गरे ।
फरकबाटो ९ मंसिर २०७८, बिहीबार २०:०३