
सुर्खेत । जारी विश्वकप फुटबलको समूह चरण अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक थियो । फिफा विश्वकपमा चार टिम सम्मिलित समूह चरण परीक्षणबाट प्रमाणित भइसकेको व्यवस्था हो । तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा यसलाई पूर्ण रुपमा समाप्त पार्ने योजनामा छ । फिफाको यो सम्भावित कदमको ठूलो विरोध भइरहेको छ ।
सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुने विश्वकपमा फिफाले ४८ टिम समावेश गर्ने तयारी गरेको छ । ४८ टिम सहभागी हुँदा तीन टिम सहभागी १६ समूह बनाउने र समुह चरणका विजेता र उपविजेता गरी ३२ टिमलाई नकआउट चरणमा लैजाने उनीहरुको प्रारम्भिक योजना हो ।
यसो गर्दा समूह चरणमा एक मृत खेलको जोखिम बढाउनेछ र अनावश्यक विवादलाई बढावा दिने आलोचकको तर्क छ ।
समूह चरणमा हरेक समूहबाट दुई टिम अर्को चरणमा प्रवेश गर्दा प्रतियोगिताका खेलहरु आश्चर्यजनक रुपमा सुस्त देखिने सम्भावना छ । त्यहाँ गैरखेलकुद व्यवहारको पनि आशंका गर्ने ठाउँ हुनेछ ।

फरकबाटो १ पुष २०७९, शुक्रबार १७:२२