‘मिसन इम्पोसिबल’जस्ता फिल्ममा काम गर्दै शाहरुख खान

सुर्खेत । बलिउड अभिनेता शाहरुख खानले अबको दशवर्षमा ‘मिसन इम्पोसिबल’ जस्ता फिल्ममा काम गर्ने बताएका छन् । एक अन्तर्वार्तामा आफ्नो उमेर ५७ भैसकेकाले आगामी १० वर्षसम्म एक्सन फिल्म मात्रै गर्न चाहेको बताएका हुन् ।

साथै उनले हलिउडको चर्चित एक्सन फिल्म ‘मिसन इम्पोसिबल’जस्तो प्रोजेक्ट गर्न चाहेको समेत इच्छा व्यक्त गरे । ‘पठान’सम्म एक्सन फिल्मबारे विचार नगरेको तर अहिले आफ्नो ध्यान एक्सन फिल्ममा रहेको उनको भनाई छ ।