महिला  हिंसा विरुद्धको १६ दिने अभियान सन्दर्भमा भिडियो प्रतियोगिता


सुर्खेत । “सभ्य समाजको पहिचान लैगिंक हिंसा विरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ भोलिदेखी (नोभेम्बर २५-डिसेम्बर १०) सम्म मनाइने महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा भिडियो प्रतियोगिता हुने भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आयोजना गर्ने प्रतियोगितामा भिडियोका लागि विभिन्न १४ वटा मापदण्ड राखिएको हो ।

उत्कृष्ट भिडियो निर्माण गर्ने पाँचजनालाई  मन्त्रालयले जनहि प्रथमलाई १२ हजार, दोस्रोलाई ९ हजार, तेस्रोलाई ७ हजार ५ सय र सान्तवनालाई ५ हजार दुईजनालाई पुरस्कार दिने घोषणा गरेको मन्त्रालयले जानकारी दिएको छ ।