
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोली मंगलबार विहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
बैठकमा दशौं महाधिवेशनका लागि केन्द्रीय कमिटी बैठकले विधानअनुसार मनोनित गर्न पाउने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव तामाङले जानकारी दिए । आज पार्टीका शीर्ष नेताहरु व्यस्त रहेको र तयारी नपुगेकाले बैठक भोलिका लागि सारिएको उनको भनाई छ ।
भोली बस्ने बैठकमा चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौं महाधिवेशनको तयारीका बारेमा समिक्षा गर्ने तथा व्यवस्थापकीय कामलाई चुस्त बनाउनेबारेमा थप छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।
एमाले महाधिवेशन आउन चार दिन बाँकी रहँदा महाधिवेशनको तयारी तिव्ररुपमा भइरहेको उनले जानकारी दिए ।

फरकबाटो ६ मंसिर २०७८, सोमबार १७:४४