पूजाले किनिन् ‘बद्रीबहादुर’ को विदेश राइट्स

काठमाडौं । फिल्म ‘बद्रीबहादुर’ को विदेश राइट्स बिक्री भएको छ । पूजा तामाङले फिल्मको विदेश राइट २० लाखमा किनेकी हुन् । पूजाले विदेश राइटको किनेको यो पहिलो फिल्म हो । विदेश राइटको व्यवसाय यो फिल्मबाट सुरु भएको पूजाले बताइन् । भनिन्, ‘अब लगातार फिल्म किन्छु ।’


फिल्ममा छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ लगायतका कलाकारको अभिनय छ । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले फिल्मको एउटा गीतमा अभिनय गरेका छन् । पूजा र सलोन हेरेर विदेश राइट बिक्री भएको निर्देशक शोभितले बताए ।

विनोद सापकोटाको छायांकन रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन, रामकाजी घिमिरेको लेखन छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको एक्सन छ ।