कलाकारले अब विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउने

काठमाडौं । अब नेपाली कलाकारहरुले पनि नेता तथा विदेशी कलाकारले जस्तै विमानस्थलमा विशिष्ट र अतिविशिष्ट कक्षको प्रयोग गर्न पाउने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली कलाकारलाई त्रिभुवन विमानस्थलको विशिष्ट र अतिविशिष्ट कक्षको प्रयोग गर्न अनुमति दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

अब हामी विशिष्ट श्रेणीको परिचयपत्र होल्डरहरुले एयरपोर्टको भीआईपी एरियाबाट आवतजावत गर्ने सुविधा पाउने भयौँ यसका लागि मन्त्रालयमा पहल गरेका अभिनेता शिव श्रेष्ठले भने धेरै वर्षसम्म मन्त्रालयमा थन्किएको फाइल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पहलमा दुई दिनभित्र कार्यान्वयन गरी जुन कार्यान्वयनमा लैजानुभयो, यो सारै नै सह्रानीय छ।

गृहमा पत्राचार गर्नुअघि मन्त्री आलेले आफूलाई छलफलमा बोलाएका श्रेष्ठले जानकारी गराएका छन्। मन्त्री आलेले सरकारबाट विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका फिल्मकर्मीलाई विदेश प्रस्थान गर्दा र फर्किंदा विमानस्थलको विशिष्ट कक्षको प्रयोग गरी

आवत जावत गर्न दिन गृहलाई पत्राचार गरेका हुन्। चलचित्र विकास बोर्डले केही कलाकारलाई विशिष्ट फिल्मकर्मीका रुपमा परिचयपत्र प्रदान गरेको छ। मन्त्री आलेले त्यस्तो परिचयपत्रवाहक कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिन गृहलाई पत्राचार गरेका हुन्।

चलचित्र विकास बोर्डको २०७७ साल चैत १ गते पत्रबाट विशिष्ट श्रेणीको परिचय प्राप्त गरेका फिल्मकर्मीहरुलाई फिल्म इम्पोर्टेन्ट पर्सनको रुपमा विदेश प्रस्थान गर्दा र फर्कंदा विमानस्थलको अति विशिष्ट(विशिष्ट कक्षको प्रयोग गरी आवत(जावत गर्न दिने व्यवस्थाका लागि संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयसँग समन्वय गरी कार्यान्वयन हुने व्यवस्था हुने भनी लेखीआएकोले आवश्यक व्यवस्थाको लागि आदेशानुसार अनुरोध छु मन्त्रालयका शाखा अधिकृत प्रयिनहाङ योङहाङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ। बोर्डले दुई वर्षअघि दुई दर्जन फिल्मकर्मीलाई विशिष्ट श्रेणीको फिल्मकर्मीको परिचयपत्र प्रदान गरेको थियो।