प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते

सुर्खेत । प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा गएराति साढे १२ बजे लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ वर्षका खुमन थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा बिजुवारमा उपचार भइरहेको छ । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किने क्रममा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।