रुकुम पश्चिममा साबुन उद्योग सञ्चालन

रुकुम पश्चिम । रुकुम पश्चिममा साबुन उद्योग सञ्चालनमा आएको छ । चौरजहारी सोप इन्डट्रिज एन्ड रिसर्च प्रा.लि.ले साबुन उद्योग सञ्चालनमा ल्याएको हो ।

चौरजहारी नगरपालिका २ मा रहेको चौरजहारी सोप इन्डस्ट्रिज एन्ड रिसर्च प्रा.लि.ले सस्तो र गुणस्तरीय साबुन उत्पादन गरेको उद्योगका अध्यक्ष पूर्णबहादुर रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले अहिले दैनिक पाँच सय वटा साबुन उत्पादन गरिएको बताए । उत्पादित साबुन अहिलेलाई रुकुम, सल्यान र जाजरकोटका विभिन्न ठाउँमा पठाइने र कालीकोट, सुर्खेत र जुम्लामा पनि डिलरको माग भइ आएको उनको भनाइ छ ।

रिसर्च प्रा.लि.का सचिव प्रवेश बटालाले पाँच युवाको ४० लाख रुपैयाँ लगानीमा साबुन उद्योग सञ्चालन गरिएको जानकारी दिए । स्थानीय युवाहरू पूर्णबहादुर रोकाया, प्रवेश बटाला, सरस्वती बटाला रेग्मी, हरिष केसी, लक्ष्मण रोकायाको लगानीमा उद्योगमा सञ्चालनमा आएको हो ।