यू-१५ महिला फुटबल टोलीको बिदाइ

काठमाडौं । साफ यू-१५ महिला साफ च्याम्पियनसिपका लागि बंगलादेश जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे ।

बंगलादेशमा आयोजना हुने यु-१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

नेपाली टोली –

गोलकिपरः राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल

डिफेन्डरः सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही

मिडफिल्डरः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन

फरवार्डः दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार