एमालेकी विद्रोही उम्मेदवार गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’

काठमाडौं । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् । एमालेकी शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले स्वतन्त्र लौरो अभियानको तर्फबाट उम्मेदवारी दिएर लौरो चिन्ह पाएकी हुन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ ।