
काठमाण्डौं । लामो समयसम्म अवरूद्ध रहेको चालक अनुमतिपत्र भर्नेको संख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ ।
यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।
कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो ।
विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरूपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिकरूपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता भुसालले बताए ।

फरकबाटो २९ कार्तिक २०७८, सोमबार १४:३०