
सुर्खेत । बारा बस दुर्घटनामा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । बाराको अमलेखगञ्जमा रहेको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका हुन्।
हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएको हो । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप एक–एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनीहरूको सनाखत हुन बाँकी छ ।
दुर्घटनाका घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
नारायणगढबाट पथलैया जाँदै गरेको बा .प्र. ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा बस दुर्घटना भएको हो ।

फरकबाटो २० आश्विन २०७९, बिहीबार १३:५४