आज वाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै । आज देशका केही ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकाकाे पनि मौसम बदली भएको छ ।

वाग्मती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज र भोलि ठूलो पानी पर्ने सम्भावना नदेखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो।

आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरू मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्यतया सफा रहने अनुमान छ । दिउँसो प्रदेश एक, वाग्मती र गण्डकीका एक/दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्न सक्ने सम्भावना छ ।

आज राति देशभरको मौसम आंशिक बदली हुने पूर्वानुमान छ । अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखामा मौसमविद् अधिकारीका अनुसार मनसुन सकिने अवधि अक्टोबर २ अर्थात् पर्सि आइतवार असोज १६ गते भए पनि यसवर्ष केहीदिन लम्बिने भएकाे छ ।