काठमाण्डौ । कलाकार बुद्धि तामाङको विवाह हुने भएको छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङको विवाह मकवानपुरकी अनु थिब तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिब केही समय यता प्रेम सम्बन्ध रहेका थिए।
विशेषगरी हाँस्यकलाकारको रुपमा चिनिने तामाङले रंगमञ्च मार्फत अभिनय यात्रा सुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर–६’ लगायतका थुप्रै चलचित्र सुपरहिट छन्।
काभ्रेको तेमाल गाउँपालिका–३ कुडवालमा जन्मिएका तामाङ चलचित्रको अलावा सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन्। उनी झण्डै २ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारको अभिनय छ ।
फरकबाटो ६ आश्विन २०७९, बिहीबार १३:२५