युपिआर, सड र सिड कार्यान्वयन सम्बन्धमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

सुर्खेत । युपिआर, सड र सिड कार्यान्वयन सम्बन्धमा प्रदेश स्तरीय एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । युरोपियन युनियनको सहयोग प्लान ईन्टरनेश्नल नेपाल तथा दलित महिला संघ (फेडो) नेपालद्धारा संचालित “हाम्रो आवाज, हाम्रो रोजाई कार्यक्रम” अन्र्तगत वीरेन्द्रनगरमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

नेपालमा महिला, दलित सम्बन्धी कानून कार्यान्वयन तथा त्यसको प्रभावकारीताको अवस्थाबारे र युपिआर, सड र सिड बारेमा सहजीकरण दलित महिला संघका सस्थापक अध्यक्ष दुर्गा सोवले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अथिति सासंद राजु नेपालीले नेपालमा अझै पनि जातिय छुवाछुत कायमै रहेको बताए । उनले मानव अधिकार हनन् भैरहेको बताए । नेपालको वर्तमान कानून कार्यान्वयनको अवस्था, नेपाली समाजमा दलित तथा महिलाहरुलाई दिनुपर्ने र पाउनु पर्ने अधिकारको कार्यान्वयन नभएको र त्यसको जिम्मेवार राज्यहुनु पर्ने उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख मानबहादुर कार्कीले मानव अधिकारको संरक्षण गर्नको लागि सरकार पक्ष नै जानकार नभएको बताए । मानव अधिकार संरक्षणको लागि सम्पुर्ण निकायको उत्तिकै भुमिका रहने उनको भनाई छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख ईश्वरी प्रसाद पाण्डेले राज्यले निमार्ण गरेका कानून, ऐन तथा नियम र अन्तर्राष्ट्रिय सन्धि महासन्धिमा नेपालले अनुमोदन गरेका विभिन्न ऐन कानूनको कार्यान्वयनमा सरकारले त्यतिकै भुमिका खेल्नु पर्ने बताए । राज्य, नागरिक समाज तथा विकास साझेदार संघ सस्थाहरुको समन्वयात्मक भुमिका खेलेमा मात्र हामीले परिकल्पना गरेको जस्तो समाज निमार्ण गर्न सकिने उनले बताए ।

यस्तै मानव अधिकार रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पिताम्बर ढकालले महिला त्यसैमा पनि दलित महिलाको सन्दर्भमा राज्यले अझै पनि सकारात्मक सोच राख्न नसकेको बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले प्रहरी जसरी परिवर्तन भएको छ, सोही अनुरुप समाज परिवर्तन हुन नसकेको दाबी गरे । मानव अधिकार दलित महिला अधिकारका निमित्त प्रहरी प्रशासनले चाल्नु पर्ने पहल कदमी चालिरहेको र आफु भएको ठाउँबाट निरन्तर सहयोग गर्ने उनले बताए । दलित महिला संघ सुर्खेत अध्यक्ष मञ्जु बिश्वकर्माले कर्णाली प्रदेश विभिन्न कुराबाट पछाडि परेको बताइन् ।

कार्यक्रममा विभिन्न सरकारवाला निकाय, संघसस्था तथा जनप्रनिधिको सहभागिता रहेको थियो ।