उत्तरी आयरल्यान्डसँगको व्यापार विवाद वार्ताबाटै समाधान हुने बेलायतका प्रधानमन्त्री ट्रसको विश्वास

बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले युरोपेली सङ्घ ९ईयू० सँगको वार्ताले उत्तरी आयरल्यान्डमा ब्रेक्जिटपछिको व्यापारको विवाद सुल्झाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हिजो औपचारिक रूपमा पदभार ग्रहणपछि प्रधानमन्त्रीका रूपमा पहिलो पटक संसदमा सम्बोधन गर्दै उहाँले आफ्नो मुख्य प्राथमिकता नै वार्ताबाट समाधान निकाल्नु रहेको बताउनुभयो । तर उत्तरी आयरल्यान्डको कानुनमा आफूहरुले तय गरेका सबै सर्तहरु पूरा हुनुपर्नेमा उहाँको जोड छ ।

बेलायत सरकारले बेलायत, स्कटल्यान्ड र वेल्सबाट उत्तरी आयरल्यान्डतर्फ जाने सामानमा आन्तरिक सीमा जाँचको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चिन्ता व्यक्त गर्दै आएका बेला बेलायतका नवनियुक्त प्रधानमन्त्री ट्रसले आफ्नो पहिलो प्राथमिकता शान्ति सम्झौताको ‘सर्वोच्चताको रक्षा’ रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

लिज ट्रस अस्ति बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएकी हुन् ।