संघीय शिक्षा ऐन क्याबिनेटबाट पास, विधायन समितिमा पठाइने

काठमाडौं । मन्त्रिपरिषद्ले ‘संघीय शिक्षा ऐन’ विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले  समितिमा पठाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘संघीय शिक्षा ऐन विधायन समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास भएको छ।’ उनले उक्त ऐनलाई यहाँसम्म पुर्‍याउन  सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्।