रुसले उत्तर कोरियासँग हतियार खरिद गर्दै

काठमाडौं । रुस–युक्रेन युद्ध लम्बिएसँगै रुसले आवश्यक सैन्य उपकरण उत्तर कोरियासँग किन्ने भएको छ।

रुसमाथि लगाइएको चौतर्फी प्रतिबन्धका कारण उत्तर कोरियासँग सैन्य उपकरण खरिद गर्न बाध्य भएको अमेरिकाको भनाइ छ।

एक अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्धमा प्रयोग गर्नका लागि मस्कोले पेङयोङसँग लाखौंको संख्यामा रकेट र गोला बारुद खरिदको प्रकृया अघि बढाएको हो।

युद्धलाई लम्बाइ रहेको रुसले उत्तर कोरियासँग हतियार खरिद गर्नु भनेको गम्भीर आपूर्ति अभावको संकेतका रुपमा विश्लेषण गरिएको छ।

युक्रेनको रक्षा मन्त्रालयले ट्वीट गर्दै सोभियत संघको हतियार क्षमता समाप्त भएको व्यङ्ग्य गरेको छ।