राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन, एक हजारभन्दा बढी पक्राउ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आंशिक सेना परिचालनको घोषणा गरेपछि देशभर प्रदर्शन भएको छ।

प्रदर्शनमा उत्रिएका सयौँ मानिसलाई प्रहरीले गिरफ्तार गरेको छ। रुसी मानवअधिकार संगठन ओभिडी–इन्फोका अनुसार गिरफ्तार हुनेको संख्या १ हजारभन्दा धेरै पुगेको छ।

मस्को र सेन्ट पिटर्सबगमा सबैभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै साइबेरियाको इरकुत्स्क र याकातेरिबर्गमा दर्जनौँ मानिस पक्राउ परेका छन्।

पुटिनले युक्रेन युद्धका लागि रिजर्ब सैनिकलाई ड्युटीमा बोलाउने र देशमा आंशिक रुपमा सैनिक परिचालन गर्ने घोषणा गरेका थिए।  पुटिनको घोषणापछि रुसबाट बाहिर जाने जहाजहरुमा बुकिङको दर ह्वात्तै बढेको देखिएको बीबीसीले जनाएको छ।

रुसले सरकारी विरोधी प्रदर्शनमा सहभागी हुने र सहभागी हुन इन्टरनेटमार्फत् आह्वान गर्नेलाई १५ वर्षसम्मको जेल सजाय हुने चेतावनी दिएको छ।