लिज ट्रस बेलायतका नयाँ प्रधानमन्त्री

बेलायतमा नयाँ प्रधानमन्त्रीका रुपमा आज लिज ट्रस नियुक्त हुनुहुने भएको छ । ४७ वर्षीया नेतृ ट्रसलाई बेलायती महारानी एलिजाबेथ द्वितीयाले औपचारिक रुपमा प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन् । उनले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रतिस्थापन गर्नेछिन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम चरणमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गरी ट्रस विजयी भएकी हुन् । बेलायतको ५६औँ प्रधानमन्त्री बन्न लागेकी ट्रस त्यहाँको तेस्रो महिला प्रधानमन्त्री समेत बन्नेछिन् । यसअघि मार्गरेट थ्याचर र टेरिसा मे प्रधानमन्त्री बनेकी थिइन् । ट्रसले कर कटौती गर्ने आफ्नो प्रतिबद्धता लागू गर्ने र बेलायतलाई मन्दीमा जानबाट रोक्ने प्रतिबद्धता समेत जनाए ।

बोरिस जोनसन नेतृत्वको सरकारमा उनी परराष्ट्रमन्त्री थिए। यस्तै टेरिसा मे र डेभिड क्यामरनको सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसकेको थिए । बोरिस जोनसन कोभिड नियम उल्लङ्घनलगायत विभिन्न विवादमा तानिएपछि राजीनामा दिन बाध्य भएका थिए ।