भारतमा बाढीपहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या २२ पुग्याे

भारतको हिमाञ्चल प्रदेशमा बाढी पहिराेबाट ज्यान गुमाउनेकाे सङ्ख्या २२ पुगेकाे छ। झण्डै ४ लाख नागरिक प्रभावित भएका छन् ।

हिमाञ्चलसहित उडिसा र झारखण्डमा पनि बाढी–पहिरोले क्षति गरेको हाे ।

वर्षा प्रभावित ती राज्यमा सडकमा समेत क्षति पुगेको र आपूर्ति व्यवस्था समेत रोकिएको बीबीसी हिन्दीले जनाएको छ ।

बाढीमा हराइरहेकाहरुको खोजी भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने प्रदेश सरकारलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।