शेयर बजार साढे ६ अङ्कले बढ्याे

काठमाण्डाै । हप्ताको पहिलो दिन आइतवार शेयर बजार साढे ६ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ६८ अङ्कले बढेर एक हजार नाै सय ७७ दशमलव ३० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । यस्तै दुई सय २७ वटा कम्पनीकाे २८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब सात करोड १६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको आठ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज रुरु हाइड्रोको शेयर १० प्रतिशत तथा हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर नाै प्रतिशतभन्दा धेरैले बढेको छ । सर्पोट लघुवित्त कम्पनीको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ ।