आमाबुबा बन्दै सुदर्शन र सुप्रिया

काठमाडौं । निर्देशक सुदर्शन थापा र अभिनेत्री सुप्रिया कटुवाल आमाबुबा बन्ने भएका छन् । केही दिन अगाडि फिल्म ‘सम्हालिन्छ कहिले मन’ को प्रेम शोमा अभिनेत्री सुप्रियाले आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् ।


अवको पाँच महिनापछि खुसीको खबर सुन्न पाइने उनले जानकारी दिइन् । सुप्रिया र सुदर्शनले २०७८ साल असोजमा लगानगाँठो कसेका थिए । ‘सम्हालिन्छ कहिले मन’ सुदर्शन थापाको निर्देशन रहेको फिल्म हो । प्रेमकथामा फिल्म बनाउन माहिर सुदर्शनले यो फिल्म पनि प्रेम कथामै बनाएका हुन् ।

सुप्रिया भने पछिल्लो समय एपिवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । फिल्म ‘साढे सात’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी उनले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।